काठमाडौं । साधना महिला पत्रकारिता पुरस्कार बात ६ जना महिला पत्रकार सम्मानित भएका छन् । नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई साधना महिला पत्रकारिता सम्मान गर्नु भएको हो ।
साधाना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा पत्रकारमा गोरखापत्र दैनिकका पत्रकार यलु जोशी . समाचार पत्रका प्रधान सम्पादक भगवती तिमल्सिना, नेपाल टेलिभिजनका पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता रिता महर्जन, नयाँ पत्रिकाका शान्ति तामाङ, स्वतन्त्र फोटो पत्रकार सुनी बनेपाली हुनुहुन्छ ।
उपप्रधान मन्त्री यादवले महिला पत्रकार पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सम्मानयोग्य भएको धारणा राख्नुभयो । “महिलाविना कुनै पनि क्षेत्र अधुरै हुन्छ । त्यसैले महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको छ” उहाँले बताउनु भयो ।
नेवारी समुदायको संस्कृति, परम्पराविना काठमाडौँको अस्तित्व नै नरहने खालि सरह हुने बताउनुभयो । नेवार समुदायले संस्कृति, सम्पदा र परम्पराको रक्षा गरी देशलाई चिनाएको उहाँको भनाइ छ ।
साधना महिला पत्रकारिता सम्मानको यो आठौँ संस्करण हो ।
यस अवसरमा नेपाल भाषा त्रेमासिक नेपाल भाषा पत्रिका “ आन्जु ” को उपप्रधान मन्त्री यादवले बिमोचन गर्नुभयो ।
फोटोहरु –