काठमाडौँ । समाचार संकलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघलाज एक बिज्ञप्ति जारि गर्दै उक्त घटाना प्रति खेद ब्यक्त गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।
फागुन ९ गते बुधबार काठमाडौको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रम समाचार संकलनका क्रममा सम्पादक शाक्य र संवाददाता गौतममाथि कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीबात दुर्व्यवहार भएको हो । सोही विषयको समाचार संकलनका लागि वैदेशिक रोजगार विभाग पुगेका पत्रकारद्वयलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुर्व्यवहार गरेका थिए । सो क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालिमाटी प्रहरी वृत्त पुयाएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भयेको महासंघको ठहर छ ।
महासंघले घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुन प्रेसविरोधी यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसंग माग गरेको छ ।