आज :

नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाले, दिपेन्द्रको ‘कमब्याक’

  • अनलाइन डबली

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।

टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।  नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका छन् ।

आइएल टी–२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए । त्यस्तै देव खनाललाई पनि मौका दिइएको छ ।

यस्तो छ नेपालको प्लेइङ ११ :

रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal