काठमाडौँ । नेवार समुदायको जातीय छाता संगठन नेवाः देय् दबूले ठमेल स्थित पलेस्वां पुखूमा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति प्रति सो संगठनले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
आइतवार नेवाः देय् दबूका अध्क्षय् पवित्र बज्राचार्यं द्वारा हस्ताक्षर् उक्त प्रेस विज्ञप्तिइ सार्वजनिक गरिएको हो ।छायदिवी मार्केटिङ डाइरेक्टर सुमन विक्रम पाण्डेले एक टेलिभिजनलाइ पलेस्वां पुखू ( ऐतिहासिक कमलको पोखरी ) मा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति प्रति संगठन ले आपत्ति जनाएको छ ।
यस्तो छ जारि बिज्ञप्ति –
छायाँदेवी कम्प्लेक्स प्रा . लि . , छायदिवी मार्केटिङ डाइरेक्टर सुमन विक्रम पाण्डेले काठमाडौंको ठमेल स्थित पलेस्वां पुखूमा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिनुभएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेवाः देय् दबूसँग कुरा नै नगरिकन जुन किसिमले २०८० भदौ ५ गते पाण्डेले SUTRA TV मा नेवाः देय् दबूको बारेमा उल्लेख गर्नुभयो उक्त कुराप्रति हाम्रो पूरै असहमति रहेको जानकारी दिन चाहन्छौं । नेवाः देय् दबू देशभरीका नेवाः हरुको साझा राष्ट्रिय संगठन हो । आदिवासी अधिकारप्रति क्रियाशिल रहेको र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरु आइएलओ १६ ९ आदिवासी मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा लगायतको बारेमा नेवा हरुलाई सचेत बनाउँदै आएको नेवाः देय् दबू आदिवासी नेवाः हरुको प्रथाजनीत संस्था गुथि , संस्कृति , सम्पदा , भूमीको पक्षमा जहिले पनि पैरवी गरि आएको स्पष्ट पार्न चाहन्छौं । विवादास्पद छायाँदेवी कम्पलेक्सको भवन बनेको स्थान ऐतिहासिक कलम पोखरी रहेको र नेवाः संस्कृतिसँग जोडिएको पुरातात्त्विक कमल पोखरी हो भन्ने सवालमा नेवाः देय् दबूको स्पष्ट दृष्टिकोण छ । पोखरी संरक्षण हुनपर्छ भन्ने सवालमा आवाज उठाउँदै आएको कुरा पनि सम्बन्धित पक्षलाई सम्झाउन चाहान्छौं । छायाँदेवी कम्प्लेक्सका सम्बन्धीत व्यक्ति पाण्डेको सार्वजनिक रुपमा नेवाः देय् दबूको सवालमा दिएको अभिव्यक्ति फिर्ता लिन अनुरोध गर्दछौ । अब उप्रान्त यस संस्थाको नाम लिएर यस्ता गम्भीर विषयमा नबोल्न सचेत पनि गराउन चाहन्छ ।