काठमाडौं । न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउने भएको छ । आज काठमाडौमा एक पत्रकार सम्मेलन गरेर आइतवार माघ २८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम गरी मनाउने तयारी गरेकोको स्कुलका प्रिन्सिपल राज महर्जनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा स्कुल स्थापनादेखि हालसम्मको गतिविधिहरु तथा सांस्कृतिक कार्येक्रम हुने जानकारी प्रधानस्ध्यापक महर्जनले बताए । उनका अनुसार ६० भन्दा बढि विद्यार्थीहरुको म्यूजिकल ओरस्चेस्ट्रा , म्युजिकमा अधारित तेक्वाण्डो सो, स्काउट पिरामिट, गीतहरुको प्रस्तती गरिने छ ।
आईतावर १२ बजे प्रज्ञा भवनमा हुने यस कार्यक्रममा अतिथिको रुपमा प्याबसनको अध्यक्ष प्रेमकुमरा राई, ज्यापु महागुुथी, नगर कमिटिका पञ्च नारायण महर्जन, त्यसैगरी काठमाडौं महानगरपालिका वडा १८, १७, १९, १५, २४ र २३ का वडा अध्यक्षहरु हुनेछ ।
साथै प्रधानस्ध्यापक महर्जन आफुले शिक्षण पेशाको ३० बर्षको अनुुभव र भोगाईमा आधारित रहेको एक पुस्तक विमोचन समेत गरिने भएको छ , भने ‘ थर्ड युनिभर्स अफ न्यू जेनिथ स्कुल ’ नामक म्यागेजन पनि विमोचन गर्ने कार्यक्रम रहेको छ । सो स्कुलमा ५ देखि २५ बर्षसम्म सेवारत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान समेत गरिने उनले बताए ।
वि.स. २०५६ सालमा प्राइमरी ब्लक अफ जेनिथ इंग्लिस सेकेण्डरी स्कुल बाफलको नामबाट ७४ जना विद्यार्थीबाट सुरु गर्दै नर्सरी देखि कक्षा ५ सम्म सञ्चलान गरी विभिन्न उतार चराव बीच हाल ९५० जना रहेको र कक्षा १२ सम्म सञ्चालन भइृरेको छ ।