आज :

दोभानमा आगलागीबाट १० घर जलेर नष्ट

  • अनलाइन डबली

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीबाट १७ घरपरिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज दिउँसो भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बूका दुई–दुईवटा घर जलेर नष्ट भएका छन् ।

त्यस्तै चन्द्रप्रसाद पौडेल, यामबहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बू र राजेन्द्र पौडेलको एक–एकवटा घर जलेका छन् ।

आगलागीका कारण भीम लिम्बूको घरमा बस्दै आएका अनिता विक, सुमन लिम्बू, लाक्पा शेर्पा, आरती लिम्बू र श्याम चोङवाङको धनमालसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए ।

आगलागीको कारणसमेत खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा स्थानीयवासी, सुरक्षाकर्मी तथा उपलब्ध साधनको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal