काठमाडौं । आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक यंसिँ (इन्द्रध्वज) ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
आज जात्राको पहोलो दिन देवी कुमारी ,गणेस र भैरवको रथलाइ कोनी ( तल्लो ) मा तान्ने छ ।
आठ दिनसम्म चल्ने जात्राको प्रमुख आकर्षण जीवित देवी कुमारीको रथ यात्रा क्वने याः (तल्लो टोल) बाट सुरु हुनेछ । यसअघि राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने परम्परा अनुसार दर्शन गरिनेछ ।
कुमारीको पूजा परम्परा मल्लकालसम्म पुगी जोडिएको छ । जनविश्वास अनुसार, तान्त्रिक शक्तिमा निपुण तत्कालीन राजाले देवीसँगको सम्बन्धमा अनुचित भावना उत्पन्न भएपछि श्रापित भएका थिए । त्यस पापमोचन र राज्य सुरक्षाको लागि कुमारी पूजा र रथ यात्रा आरम्भ गरिएको विश्वास छ ।
इन्द्रजात्राका अवसरमा काठमाडौंको विभिन्न ठाउँ—काष्ठमण्डप, इन्द्रचोक, नरदेवी, किलाघः, ज्याठा लगायतमा इन्द्रका मूर्तिहरू प्रदर्शन गरिनेछ । काष्ठमण्डप नजिक ३० फिट अग्ला ४ वटा खम्बामा राखिने इन्द्रको मूर्ति विशेष आकर्षणको केन्द्र बन्नेछ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।


अनलाइन डबली

