आज :

पौडी खेल्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका सजिल मान शाक्यको न्याएको लागि उत्रिय जनसमुदाय (फोटोहरु)

  • अनलाइन डबली

काठमाडौं । ललितपुर पुल्चोकस्थित  होटल स्कायरको स्विमिङ पुलमा करेन्ट लागेर अचेत अवस्थामा पुगेका सजिलमान शाक्यलाई न्याय दिलाउन प्रदर्शन गरिएको छ ।

मंगलवार पाटन दरवास्कायरमा स्थानीय, अयिभान्ताहरुलगायत सयौंको संख्यामा भेला भई घाइेत शाक्यको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यान आकर्षण पत्र दिये पश्चात स्कवायर होटल आगाडी पुगेर जस्टीस फर सजिल’,‘आफ्नो गल्ती स्वीकार गर’ लगायतका प्लेकार्ड सहित नाराबाजी गरेका छन् ।

ब्यापक जनादवाब बढेपछी  होटलकी सञ्चालिका सञ्चालक रोमी अर्याले सोमपबार प्रहरीसमक्ष उपस्थित भएपछि पक्राउ परेकी छिन । गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए।

प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ । हाल सलिजमान शाक्यको जावलाखेलस्थित घरमै उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal