काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालका ऐतिहासिक शीप, कला र ज्ञानलाई नीति परिर्तन गरेर भएपनि उत्पादनमूलक काममा प्रयोग गर्ने तयारी भइरहेको बताइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले अयोजना गरेको ‘दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास सम्बन्धमा राज्यको भूमिका’ विषयक कार्यशाला गोष्ठमा बोल्दै राज्यमन्त्री सिर्पालीले सो कुरा बताएकी हुन् ।
संविधानमा उत्पडित वर्गको मुक्ति र विभेदरहितको विषय आएपनि सीप र कलाको प्रवर्धनमा ाज्यमा ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको बताउनु भएको छ । मख्य रुपमा दलित समुदायको आर्थिक स्तर नउठदा सम्म दलितका शिप र कलाहरुको ब्यावसायीकराण हुन नसक्ने बताउनु भएको छ।
गोष्ठीमा प्राध्यापक डा. विद्यानाथ कोईराला, प्राध्यापक ईश्वरचन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गरेका थिए । तीनवटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरेको संस्कृति महाशाखाका प्रमुख सुरज शरस क्षेष्ठले जानकारी दिए । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव डा.दिपक काफलेले स्वागत गर्दै ऐतिहासिक कला र सीपको जर्गेना गर्न मन्त्रालय लागि परेको जानकारी दिए ।
गोष्ठीमा बोल्ने क्रममा सहभागिहरुले संघीयता आएको १५ वर्ष बितिसक्दा पनि दलितमाथि हुने विभेद कम नभएको भन्दै राज्य पक्षले यस विषयमा गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख डा.सुरस सरस श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा.रामकुमार फुईयाल, पुर्वमन्त्री दलजित सिर्पाली, राष्टिय दलित आयोगका अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।