काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको केन्दिय कार्यालयको अनुगमन गर्नु भएको छ । मन्त्री किरातीले सरकारी बायुसेवा कम्पनि नेपाल वायुसेवा निगमलाइ सुधार गर्ने उदेश्यले आज टिकट विक्रीकक्ष तथा प्रशासनिक कार्यकक्षहरूको स्थलगन अनुगमन गर्नुभएको हो । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।