आज :

बलिङमा आकाश चम्किदा नेपालले अफगानिस्तानलाई १४५ रनमै समेट्यो

  • अनलाइन डबली

काठमाडौं । आइसिसी यु–१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानीस्तानले नेपाल सामु १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो ।

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए ।

अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।नेपाल अनि अफगानिस्तान दुवैले अहिलेसम्म कुनै जित निकाल्न सकेका छैनन् ।

आजको प्रतियोगिता जसले जित्छ उ सुपर सिक्समा पुग्नेछ भने हार्ने टिम १३औ स्थानका लागि खेल्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal