आज : २०८१ चैत्र, ३१

एनआरएनएको आयोजनामा दक्षिण कोरियामा ‘स्पोट्स ग्लोबल टुरिजम’ सम्बन्धी गोष्ठी हुँदै

  • अनलाइन डबली
  • २०८० माघ ०८ गते   बिहान ११:३८ बजे

काठमाडौँ । एनआरएनएको आयोजनामा दक्षिण कोरियालमा स्पोट्स ग्लोबल टुरिजम सम्बन्धी गोष्ठी आयोजना हुने भएको छ । राजधानी सउलमा आउँदो फेब्रअरी ६ मा ग्लोबल एनआरएनए (आईसीसी) र नेपाली राजदूतावास दक्षिण कोरिया, हानयाङ्ग युनिभर्सिटी, र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा उक्त गोष्ठीको आयोजना हुन लागेको हो ।

गोष्ठीको सहआयोजकमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया तथा एनईएसपिओ रहेका छन् ।

मुख्य आयोजक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरका अनुसार ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्न एक गतिशील प्लेटफर्म स्थापित गर्ने गोष्ठीको उद्देश्य रहेको छ ।

गोष्टीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ, दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत नबिल मुनिर, श्रीलङ्काका राजदुत सावित्री इन्द्रचापा, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदुत चिरिङ बटमरेन्सेलगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद का (संरक्षण) शेष घलेसहित कोरियाका विभिन्न विश्व विद्यालयका विज्ञहरु उपस्थित हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

कार्यक्रम विशेषगरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने, खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूहरूको अनुभवबाट धेरै कुरा जान्न सकिने बताइएको छ ।

त्यस्तै, कार्यक्रमबाट नेपालको हित र विकासमा टेवा पुग्ने विश्वास लिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुँवरले जानकारी दिए ।

नेपालको राष्ट्रिय विकासका सम्भावनाहरूलाई बढाउन टेवा पुग्ने विश्वास राखेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको अध्यक्ष कुँवरले बताए । कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रोत्साहन गर्न ठूलो मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal