प्रधानमन्त्री प्रचण्डको पहलकदमीले नेपाल लोडसेडिङको युगबाट १० हजार मेगावाट विद्युत व्यापार गर्ने ठाउँमा पुगेको छ । विहीबार नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा भएको सहमतिअनुसार विहीबार नेपाल र भारतबीच १० हजार विद्युत व्यापार सम्बन्धी सम्झौता भएको छ । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिे मूर्तरुप पाएको छ ।
प्रचण्डले नेपाललाई लोडसेडिङबाट विद्युत व्यापारसम्म पुर्याएका थिए
वि.सं. १९६८: फर्पिङबाट ५ सय किलोवाट विद्युत उत्पादन
वि.सं. २०७२ सम्मः १०४ वर्षमा करिव ८०० मेगावाट उत्पादन
वि.सं. २०७९ सम्मः २०७२ देखि ७ वर्षमा २८८२ मेगावाट उत्पादन
वि.सं. २०३५: २८ हजार ७१३ मेगावाट उत्पादन गर्ने लक्ष्य
२०६४–२०६५: पहिलो कार्यकाल
– १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने राष्ट्रिय लक्ष्य निर्धारण, विद्युत उत्पादनका लागि बिभिन्न राष्ट्रसँग छलफल तथा लगानीको वातावरण तयार
२०७४: दोश्रो कार्यकाल
– १८ घण्टासम्म कायम लोडसेडिङको अन्त्य, उज्यालो नेपालको घोषणा, पूर्वाधारको तीब्र विकास
२०७९ – तेश्रो कार्यकाल
– भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार सम्झौता
– हालसम्म ६ हजार किमी प्रसारण लाइन बिस्तारसँगै २८८२ मेगावाट विद्युत उत्पादन
– रु १५ अर्व २७ करोड बराबरको ७०० मेगावाटसम्म विद्युत निर्यात
– बंगलादेश र चीनसँग समेत विद्युत व्यापारका लागि छलफल जारी
– २०३५ सम्म २८ हजार ७१३ मेगावाट उत्पादन गर्ने लक्ष्य निर्धारणः रणनीतिक महत्वका आयोजना निर्माण प्रक्रिया शुरु
– दक्षिण एशियाली क्षेत्रकै सवभन्दा ठूलो १०,८०० मेगावाट कर्णाली चिसापानी आयोजना
– बुढीगण्डकी १२०० मेगावाट
– दुधकोशी ६३५ मेगावाट
– तामाकोशी पांचौ १०० मेगावाट
– जगदुल्ला १०० मेगावाट
– अरुण चौथो ४९२ मेगावाट
– फुकोट कर्णाली ४५० मेगावाट
– ६७८ मेगावाट क्षमताको सुनकोशी तेश्रो जलविद्युत आयोजना
– अन्य थुप्रै आयोजना
– प्रसारण लाइन निर्माणमा तीब्रता
– अपर अरुण १०६३ मेगावाट
– करिब १ हजार मेगावाट नीजि क्षेत्रसँग सम्झौता
– करिब ९ हजार एमभिए सबस्टेशन जडान