आज :

साहित्यकार आर.के. निर्मलको नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

  • अनलाइन डबली

काठमाडौँ  ।साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ । साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक गरिएको हो । अनौपचारिक रुपमा चलिरहेको जंक्व पार्टीको बीचमै एक कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको थियो । कार्यक्रममा अधिकारकर्मी साथै उपन्यासकार मल्ल के. सुन्दर, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यकार निर्मल र उनकी पत्नी विन्दीरा राजोपाध्यायको साथमा उनकै परिवारले उपन्यासको सामूहिक रुपमा विमोचन गरे ।
उपन्यास विमोचन पछि कार्यक्रममा बोल्दै अधिकारकर्मी मल्लले विगतमा भाषा आन्दोलन र पत्रकारिता क्षेत्रमा आफ्ना सहकर्मी आर. के. निर्मलको उपन्यास सार्वजनिक भएकोमा खुसी व्यक्त गरे । ‘भाषा आन्दोलनदेखि लिएर मैले इनाप साप्ताहिक पत्रिका प्रकाशन गर्दाको समयमा मलाई सबैभन्दा साथ दिने मेरो साथी निर्मलको उपन्यास आज उहाँकै भीमरथारोहणको अवसरमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लाग्यो’ अधिकारकर्मी मल्लले भने । ‘बीचमै केही समय विश्राम लिएको निर्मलको कलम अब नरोकियोस्, चल्दै गरोस्, नयाँ श्रृजनाहरु प्रकाशन हुँदै गरोस्, मेरो शुभकामना ।’ त्यस्तै साहित्यकार निर्मलका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायले आजभन्दा करीब ५ बर्ष अघि नै तयार भइसकेको पुस्तक लकडाउन लगायत विविध कारणले प्रकाशन हुन नसकिरहेको र जंक्वको अवसरमा आफ्ना बुबालाई थाहै नदिई सरप्राइज गिफ्टको रुपमा पुस्तक प्रकाशन गरेको जानकारी दिए । ‘ प्रकाशक संस्थाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, कभर डिजाइनर र स्केच आर्टिस्ट सचिना राजोपाध्याय, ले आउट डिजाइनर रोशन राजोपाध्याय र मलाई मात्र जानकारी थियो । लेखकलाई नै थाहा थिएन, पुस्तक प्रकाशन हुँदैछ भनेर’ राजोपाध्यायले भने । ‘उनको जंक्वको अवसरमा हामीले यो सरप्राइज गिफ्तको रुपमा यो पुस्तक टक्र्यायौं ।’
चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यासलाई श्यामा बल्लभले हिन्दी भाषामा अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट प्रकाशन गरेका थिए । सोही हिन्दी उपन्यासलाई साहित्यकार निर्मलले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक विश्वभुमि पत्रिकाको परिशिष्टाङ्क शुक्रबाःया तँसापौ मा धारावाहिक रुपमा प्रकाशन गरेका थिए । ‘विश्वभुमि पत्रिका बन्द हुन जाँदा त्यो बेला कथा अपुरो नै रहन गएको थियो । अहिले पुस्तकको रुपमा यसले पूर्णता पाउँदा खुसी लाग्यो । यो सरप्राइज गिफ्ट पाउँदा म निकै खुसी छु’ लेखक निर्मलले भने । पुस्तकको प्रकाशक लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले प्रकाशन गर्छु भन्दाभन्दै ढिला हुन गएपनि लेखककै भीमरथारोहणको अवसरमा पुस्तक प्रकाशन गरेर उपहारको रुपमा दिन पाउँदा निकै गौरवान्वित महसूस गरेको बताए ।
पुस्तक लहना मिडियाले प्रकाशन गरेको छ भने पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । पुस्तक होम डेलिभरीको व्यवस्था रहेको प्रकाशकले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal