आज :

बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

  • अनलाइन डबली

काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि बिहीवार  मङ्सिर ७ गते अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ ।

विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न  ट्राफिक प्रहरीले नागरिकलाई अनुरोध गरेको हो ।

कार्यालयले आज बुधवार एक सूचना निकालेर घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ । यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal