आज :

लुटेर समूहका शक्ति र अजय प्रहरीको गाली लागेर घाइते 

  • अनलाइन डबली

काठमाडौं । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानको खुट्टामा गोली लागेको छ ।

बायाँ खुट्टामा गोली लागेर घाइते दुबै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुबै जना यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेका थिए । उनीहरुलाई मंगलबार दिउँसो रौतहटको गरुडाबाट पक्राउ गरिएको थियो ।

महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको प्रहरीले बताएको छ ।

महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गरेको प्रहरीले बताएको छ । राति १० बजे भाग्न खोजेपछि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनासहित ७/८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए ।

सो समूहले चौधरीको घरबाट ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार लुटेर लगेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal