काठमाडौं । जनवादी गणतन्त्र चीनले भूकम्प पीडितका लागि दिएको राहत सामाग्री नेपाल आइपुगेको छ । गएराति सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल आइपुगेका हुन् ।
काठमाडौंस्थित चीनका राजदूत छन सङका अनुसार दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल आइपुगेको हो ।
राहत सामाग्री काठमाडौं नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइने बताइको छ । राजजूत सङले थप सामाग्री केही दिनमै आइपुग्ने बताए ।
चीन सरकारले भूकम्प पीडितको लागि १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने घोषणा गरेको छ ।