काठमाडौं । नेपाल र यूएईबीचमा आज प्रतिस्पर्धा हुँदैछ ।
जारी आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिड्न लागेको हो ।
यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।