आज :

युद्धमा फसेका नेपालीलाई उद्दार गर्न निगमको जहाज राति २ः३० बजे इजरायलको लागि उड्ने

  • अनलाइन डबली

काठमाडौँ । युद्धमा फसेका नेपालीको उद्दारको लागि नेपाल वायु सेवा निगमको जहाज इजरायलको लागि उड्ने समय परिवर्तन भएको थियो । राति ११ बजे इजरायलको लागि उड्ने भनिएको निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका हवाई उडान तथा अवतरणका लागि आवश्यक सबै प्रक्रिया, रुट पर्मिटका साथै चार्टर्ड फ्लाइटका लागि इन्स्योरेन्स समेत सबै कार्य पूरा भइसकेका छन् । जहाज विहान करिब ९ः३० बजे इजरायल अवतरण गर्ने तालिका रहेको छ ।

जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जान लागेको हो । रुट पर्मिट लिनुपर्ने भएकोले जहाज इजरायल जान केही ढिला भएको निगमले जनाएको छ ।

युद्धमा फसेका नेपालीको उद्दारमा ढिला भएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार विहान पर्यटन मन्त्रीसहित निगमका अधिकारीसँग छलफल गरी तत्काल उडान गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal