काठमाडौं । काठमाडौँको गैह्रीगाउँमा एक जना सुरक्षा गार्डसहित आमा र श्रीमति गरी जनाको सामुहिक हत्यामा संलग्नताको आशंकामा प्रहरीले एक जना पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई प्रकाउ गरेको हो । उनको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीनकुनेस्थित गैह्रीगाउँमा रहेका दिव्य सःमिल गेटपालेको रुपमा काम गर्दै आएका दोलखा घरका ५६ वर्षीय कुमार भुजेलसहित चार जनाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सँगै बस्दै आएकी कुमारकी ५२ वर्षीय श्रीमती अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राईको हत्या भएको थियो । प्रहरीएको छ ।
घटना गएराति १२ बजेतिर भएको अनुमान प्रहरीले गरेर अनुसन्धान गरिरहेको छ ।