आज :

साम्प्रदायीक हिंसाको अवस्था अध्ययनका लागि आयोग निर्माण हुन आवश्यक छ : अनन्त

  • अनलाइन डबली

काठमाडौं । सांसद वर्षमान पुन ‘अनन्त’ ले समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न शक्तिशाली आयोगको निमार्ण गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्ने कुराहरु व्यवस्थित गर्न र साम्प्रदायीक हिंसाको विषयमा अध्ययन अनुसन्धान गर्न आयोग बन्नु पर्ने भन्दै आयोग मार्फत अध्यन गरेर नीति पनि निमार्ण हुनुपर्ने बताए ।

“नेपाल अन्तराष्ट्रिय कानूनको पक्ष राष्ट्र भएको नाताले र धर्म निरिपेक्ष राज्य नागरिकको धार्मिक, भाषीक र सांस्कृतिक हकको प्रचलन गराउँन र समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यस्ता कुराहरुलाई निरुपन गर्न नेपाल सरकारले एक शक्तिशाली आयोग बनाई यस विषयको अध्यन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्ने कुराहरु व्यवस्थित गर्नलाई आयोग मार्फत अध्ययनहरु मार्फत एउटा नीति बनोस्” अनन्तले भने ।

उनले विभेदरहित समाज निमार्णमा धार्मिक सद्भाव कायम राख्नुपर्ने राजनीतिक दलहरु र सरकारलाई नयाँ चुनौती देखा परेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal