काठमाडौँ । पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले नेपाललाई विदेशीको खेद मैदान बनाउन लागेको आरोप लगाएका छन् ।
संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै बस्न्यातले वीर पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाए ।
बस्न्यातले एमसीसी लागु गरेर नेपाललाई खेल मैदान बनाउने भन्दै खारेज गर्नुपर्ने बताए । देश र जनताको हितमा नभएको भन्दै बस्न्यातले एमसीसी फिर्ता पठाएर देशको रक्षा गर्नुपर्नेमा जोड दिए ।
देशमा जुनसुकै किसिमका क्रान्तिकारीहरु आएपनि उनिहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति देशमाथि गद्दारी गरिरहेको दाबी समेत गरे ।


अनलाइन डबली


