काठमाडौँ । विश्वमा छरिएर रहेका नेवार समुदायलाइ संगठित बनाउन बनेको बिश्व नेवार संगठन ( हलि नेवाः दबू ) नेपाल च्याटरले दबूका केन्द्रिय अध्यक्ष सयुक्त श्रेष्ठलाइ सम्मान गरेको छ।
शुक्रबार भएको कार्येक्रममा प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्ज , काठमाडौँ महानगरपालिकाक निवर्तमान मेयर बिद्यासुन्दरले अध्यक्ष श्रेष्ठलाइ सम्मान गर्नु भएको हो ।
नेपाल च्याटरका अध्क्षय् सुरेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्येक्रममा बिभिन्न पदमा मनोनित हुनु भएका माहानुभावहरुलाई मन्त्री महर्जन बात मनोनित हुनु भएकाहरुलाई सम्मान पत्र प्रदान गरेको हो। नेपाल च्याटरका मुख्य संरक्षकमा समाजसेवी पञ्चवीर सिंह तुलाधर, संरक्षकमा सुवर्णकेशरी चित्रकारलाइ मनोनित गरेको छ।
यसै गरि, सल्लाहकारमा नरेन्द्रभक्त हाडा, पुष्करभक्त माथेमा, अम्बिका श्रेष्ठ, रघुवरभक्त मानन्धर, विजय प्रकाश सैंजु, नहेन्द्र प्रधान, सुर बहादुर श्रेष्ठ, हरि स्यस्यः र उमेश स्थापित मनोनित हुनु भएको छ ।
सदस्यहरुमा सम्मानित हुनेहरुमा अम्बिका तुलाधर, उत्तम श्रेष्ठ, निराकार श्रेष्ठ रहेका छन् ।
फोटोहरु –