आज :

प्रदीप गिरिले लोकतन्त्रप्रतिको आफ्नो निष्ठा कहिल्यै डगमगाउँन दिएनन: प्रदीप ज्ञवाली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका सहसचिव प्रदीप ज्ञवालीले लोकतन्त्र संकटमा परेको बेला नेपाली कांग्रेसका धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा ज्ञवालीले असाध्यै प्रतिकुल अवस्थामा पनि प्रदीप गिरिले लोकतन्त्रप्रति आफ्नो निष्ठा डगमगाउँन नदिएको बताए । तर अन्य धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको उनको भनाइ थियो ।

उनले भने,‘जतिबेला लोकतन्त्र संकटमा पर्छ निकै स्थापित भनिएका मानिसहरुपनि आस्थाबाट डगमगाउँदा रहेछन् । हामीले नेपाली कांग्रेसका कयौं नेताहरु डगमगाएका देख्यौं । प्रदीप गिरि असाध्यै प्रतिकुल अवस्थामा पनि उहाँले लोकतन्त्रप्रति आफ्नो निष्ठा डगमगाउँन दिनुभएन ।’
गिरिको बौद्धिक क्षमतालाई शुत्रवद्ध गरेर त्यसलाई परिभाषित गर्न आवश्यक रहेको भन्दै उनले भने,‘नेपालको राजनीतिमा, नेपाली समाजमा र नेपालको बौद्धिक क्षमतामा प्रदीप गिरिको विचारलाई शुत्रवद्ध गर्नु, परिभाषित गर्नु सबै भन्दा महत्वपूर्ण कुरा हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal