काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार फेरबदलको पक्षमा आफूहरु नभएको बताएका छन् । उनले पार्टीभित्र सरकार फेरबदलबारे कुनै कुरा नभएको समेत बताए ।
सांसद सुनील शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सरकार फेरबदल हुने बताएपछि लेखकले काँग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।
“अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन, आज सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ” लेखकले भने । तर, सरकार फेरबदलको विषय त्यसमा नपर्ने समेत उनले स्पष्ट पारे ।
काँग्रेस संसदीय दलका बैठक आज सकिँदैछ । शुक्रबार र आइतबार गरी ५० जना सांसदहरुले सरकार, पार्टीलगायतका कामबारे आफ्नो धारणा राखिसकेका छन् ।
बैठक आज विहान ११ बजेबाट बस्ने समेत लेखकले जानकारी दिए ।