काठमाडौँ । नवनियुक्त अनितादेवी साहले आजबाट जिम्मेवारी समाल्ने भएकी छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीबाट मन्त्री साहलाई नियुक्त गरेका थिए ।
आइतबार बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गर्दै साहलाई मन्त्री जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले विहान १० बजे शपथको तयारी गरेको छ ।
मन्त्री साहलाई सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारी दिने बताइएको छ । तर, अझै टुंगो लागेको छैन । जनमतका अध्यक्ष सीके राउतसँगको छलफलपछि मन्त्रालयको टुंगो लाग्ने बताइएको छ ।
खानेपानी मन्त्रालयले दिएको भन्दै यसअघि जनमत सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।
त्यसपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन र सरकारमा सहभागी पनि भएको थिएन ।


अनलाइन डबली


