आज :

हामीले संसद अवरोध गरेका छैनौंः अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले संसद अवरोध नगरेको दाबी गरेका छन् । उनले १०० किलो सुन काण्ड चुस्की लिने विषय नभएको समेत बताए ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफुहरुले संसद चलाउन खोजिहरेको बेलामा सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको बारे थाहा हुन्छ भन्ने भय भएको बताए ।

हामी संसद चलाउन खोहिरेका छौं तर प्रतिपक्ष बोल्न खोज्ने वित्तिकै सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको , देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भईरहेको छ । एउटा नाका बाट दिनमा १०० किलो सुन बाहिर आईरहेको छ सबै पास भएको छ। अनि के यो चुस्की लिने विषय हो ?

संसद अबरोध एमालेले नगरेको र त्यस्तो अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो । संसद निदाएर बस्ने ठाउँ हैन, नवोली बस्ने हैन देश र जनताको पक्षमा बोल्नु पर्ने बताए ।

देश र जनताको लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनु पर्ने पनि उनको भनाई थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal