 
	
पदम श्रेष्ठ- ( इतिहास खोज कर्ता तथा पुस्तक लेखक ) 
थरले पहाडी बाहुन पुष्पकमल दाहाल प्रचण्ड , डा. बाबुराम भट्टराई र मोहन बैद्य किरण नेतृत्वको माओवादी पार्टी अगुवाईमा भएको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनलाई आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुसलमान, वैदिक ,बौद्ध, क्रिश्चियनलगायतको एक्यवद्धतामा सफल जनआन्दोलन भएको हो ।
जनआन्दोलनलाई पिछडा वर्ग, भूमिहीन उत्पीडित समुदायद्वारा आ–आफ्नो कोणबाट साथ दिएको फलस्वरुप १०५ वर्षपछि संविधान निर्माण जस्तो महान ऐतिहासिक कार्य सम्पन्न हुन सकेको हो ।
जसले एकल हिन्दु खस ५ सरकार र बाहुन ६ सरकारको जातिय, भाषिक , धार्मिक संरचना ध्वस्त गर्दै १०२ जातजाति, १२२ भन्दा बढि भाषा–भाषी र बिबिध धर्मको साझा संघीय नेपाल निर्माणको मार्ग खुलेको थियो ।
यहाँ ब्राह्मणबाद भनिदा मात्र खस पहाडी थरका बाहुनलाई मात्र सोच्ने गरेको पाईन्छ , बास्तवमा ब्राह्मणबाद भनेको साम्राज्यबादको घरेलु नाउँ हो भन्ने तथ्यलाई बुझ्न सकिन्छ , ब्राह्मणबादको घरेलु नाउँ भन्दा नेवार समाज भित्र स्यस्यःबाद अर्थात श्रेष्ठबादलाई लिन सकिन्छ , बहुसख्यक ज्यापु किसान , पोडे खड्गी ,कुश्ले समुदाय माथि श्रेष्ठहरुलें अनेक तरहबाट स्वषण गरी दवाउने कार्य भएको थियो भने थारु समुदाय भित्रै दारुखाने थारुलाई थारु खाने थारु गच्छादार ,चौधरीहरु बाटैपनि दरवार प्रशासनको आदमा व्यापक स्वषण गरिदै आईरहेको थियो । त्यसैगरी किरात समुदायमा राईकरणको मार भन्ने पिडाले स्वजातिय लामो समयसम्म प्रताडित भईरह्यो , दरवारका लागि किपट उठाउन खडा गरिएको राई पदको दुरुपयोग गरी स्वजातिय स्वबासीलाई हुनसम्म स्वषण गर्ने ,जवर्जस्र्ती हिन्दुस्थानी राष्ट्रियताको पहिचान हिन्दुलाई धर्म मान्नैपर्ने गराएको थियो । तामाङ ,गुरुङ ,शेर्पा , मगरमा पनि लामाबाद अर्थात मरेको लासलाई स्वर्ग पुर्याईदिने नाउँमा लासलाई चार दिन सम्म ध्याङगा्रो थताएर घेवा गराउने र भएभरको सिरिखुरी दान गर्न लगाएर स्वषण गर्ने ब्राह्मणबादको अवशेष लामोले समयसम्म स्वजातिय स्वधर्मीलाई स्वषण गरिरह्यो । ब्राह्मणबाद भनिएको साम्राज्यबादको घरेलु नाउँ हो भन्ने कुरा पिछडा वर्गमाथि मधिसे बाहुनको प्रताडना र दलित भित्रैपनि छुवाछुत तल्लो जात ,माथिल्लो जातको भेदले प्रमाणित गर्दछ । जुन भेदलाई दश वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनले हताउनको लागि व्यापक बिद्रोह गरेकै हो । त्यो बिद्रोहमा माओबादी मात्र होईन ,काग्रेंस ,कम्युनिष्ट लगायत अन्य राजनितिक पार्टीका उत्पिडित नेता कार्यकर्ताको पनि एक्यवद्धता थियो ।
यस उसबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने माओबादी जनयुद्धले सबै जातिय समुदायमा रहेको ब्राह्मणबादी कुसंस्कारलाई हटाउन चेतनशिल बनायो भने तल्लो तहका जनसमुदायलाई जुरुक्कै उठायो ।
आन्दोलनकै धारमा उभिएर भएको उत्पिडित जनको एक्यबद्धताले जल, जमिन, जंगल, जडिबुटी, खनिजमा आदिवासीय अग्राधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले समेत आदिवासी आवाजलाई सम्बोधन गर्दै १३ सेप्टेम्बर २००७ मा महासन्धि पारित ग¥यो । पारित महासन्धीलाई ०६० फागुन १८ गते नेपालको संघीय परिषदले पनि अनुमोदन ग¥यो ।
फलस्वरूप देशमा जाति ,भाषा ,सास्कृतिक ऐतिहासिक पहिचान सहितको संघियता स्थापित गरायो भने गोपालकालदेखि शाहकालसम्मको १२७ वंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, हिन्दुस्थानी राष्ट्रिय पहिचान हिन्दु धर्मको ठाउँमा धर्म निरपेक्षता,जातिय तथा धार्मिक, छुवाछुतजन्य विभेद अन्त्यको घोषणा गर्दै दोस्रो संविधानसभाले समानुपातिक समाबेसिय संविधान अति कष्टका वीच पारित गर्यो ।
संविधान जारी गर्दा केहि विदेशी दलाल नेताहरु र पुर्व पञ्चहरु बाहेक नेपाली काग्रेंस , एमाले , जनमोर्चा , मजदुर किसान पार्टी ,मधेसवादी , जातिबादी सबै सबै राजनितिक पार्टीहरुको ऐतिहासिक एक्यबद्धता रहेको थियो ।
यसका लागि १७ हजार नागरिकले शहादत प्राप्त गरे । लाखौं जनले अपाङ्गता र वेपत्ताको पीडा खेप्नुप¥यो ।
आन्दोलनको परिणाम आफ्नो भाषा, कला,संस्कृति र पहिचानलाई जसोतसो जीवन्त राख्दै बाँचिरहेका आदिवासी, दलित, पिछडा वर्ग भनौ वा आदीकालदेखि उत्पिडित अल्पसंख्यक यौनिक समुदाय , अपाङग , हरुवा ,चरुवा , कमैया , वादी ,झुमा , देउकी , उखडावर्ग , स्ववासी , भुमिहिन सुकुम्वासी लगायतकाको पिडालाई संबोधन गर्ने गरी एक सरो वर्गिकरणपनि भयो । व्यापक विचार विमर्श ,अन्र्तकृया पछि भएको पहिचानको वर्गिकरणले जहाँ जसलाई जहाँ नेर दुःखेको छ त्यहिबाट समस्या समाधान गर्दै लानुपर्छ भन्ने मुल लक्ष्यका साथ यसरी वर्गिकृत गरिएको थियो ।
(जसअनुसारः अदिबासी जनजातिमा )
लोपोन्मुख ः .राउटे,कुसुण्डा,सुरेल,हायु,.राजी,किसान,.लेप्चा ,मेचे,,कुशवाडिया
अति सीमान्तकृत ः माझी, सिघार, शिङ्सा, थुदाम, धानुक,.चेपाङ, सतार (सन्थाल),
. झागड, थामी, बोटे, दनुवार, बराम
सीमान्तकृत ः सुनुवार, थारू, तामाङ,ुजेल, कुमाल,राजवंशी, गन्गाई,धिमाल, भोटे,
दराई, ताजपुरिया, पहरी, तोप्केगोला ,डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, बालुङ
सुविधा बञ्चित ः गुरूङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्बे, तीनगाउँले,बाह्रगाउँले,
मार्फाली, शेर्पा, याक्खा,छन्त्याल,जिरेल, व्यासी,ह्योल्मो
उन्नत समूह ः नेवार,थकाली मा वर्गिकरण भयो ।
त्यसैगरी उत्पिडित पहाडी दलितमा ः
( १) कामी ( २) सार्की ( ३) गन्धर्व (४) दमाई ( ५) वादी
मधेसी दलितमा
१) खत्वे (मण्डल)ः, २) दुसाद,पासवान हजारा)ः ,चमार ः (राम, हरिजन) ,४.मुसहरः , ५. तत्माः ६.डोमः ७.मेस्तर (हलखोर)ः, ८.वातर (सरदार)ः, ९. कोरीः ,१०. खटिकः, ११ं पत्थरकट्टाः, १२. धोवीः ,
१३ ) सरभंग (सरवरिया)ः,१४.चिडीमारः १५.पासीः
(मधेसी पहिचानका जातजाति) मधेसी व्राम्ह्ण ः हलुवाई ,राजपुत,काायस्थ,झा, ।
पिछडा वर्गः यादव,तेली,वानीया,मल्लाह,कलवार,हजाम÷ठाकुर,कानु,सुडि,कुम्हार,.नुनिया,बाँतर,वरई,कहार,ंराजभार,लोढ,ं
विण्ड,नराङ,भेडिहार, गडेरी,माली,धुनिया,मुण्डा,.सोनार,जोगिया,.कुशवाडिया,केवट,सैनी,अमात,रौनियार,देव,केवरत ।
आप्रवासी जात थर ः
पञ्जावी,मुसलमान ,मारवाडी ,जैन, वंगाली ।
अल्पसंख्यक यौनिक समुदाय ः
तेस्रो लिङ्गी, द्विलिङ्गी, अन्तरलिङ्गी, समलिङ्गी महिला, समलिङ्गी पुरुष नाउँमा वर्गिकरण गरियो ।
यसरी लामो संघर्ष अन्र्तकृया पिडा छलछामलाई पन्छाउँदै प्राप्त मार्ग चित्र कार्यान्वयनको तहसम्म पुर्याएका थिए जनताले आन्दोलनलाई ।
कार्यान्वयनमा भाईरस पसेपछि ……
जनयुद्ध ताका सामन्तीलाई भाते कार्यवाही , स्वषकको प्राण हरण , अर्कालाई काम गराई खानेको जमिन लुटेर काम गरी खानेलाई खेती गराउने र लागु पदार्थ दुव्र्यसनी ,ब्यभिचारीलाई श्रम शिविरलगायतका रचनात्मक काम गर्दा जन जनमा ब्यापक भिजेको माओवादी नेतृत्वले जव पहिलो निर्वाचनमा नै दुई तिहाई वहुमत ल्याए नि । हो , त्यही बेला जनयुद्धको लासको थुप्रोबाट उठेको नेतृत्व वर्गले केहि गर्नु पर्नेमा उल्टै बनिबनाउ जनआन्दोलनको नेतृत्व ७ टुक्राभन्दापनि बढी टुक्रामा विभाजित हुन गयो । यति ठुलो विडम्बना र विस्तापनका विचपनि माओवादी आन्दोलनले निम्नलिखित रचनात्मक कार्य थालनीलाई चाहि सम्मान गर्नै पर्दछ ।
छन् जस्तै ः
१) स्वदेशी श्रम शीप र प्रविधिलाई प्रवद्र्धन गर्ने जुन प्रयोजनका लागि डा. बाबुराम भटटराई प्रधानमन्त्री
हुनुहँुदा गोल्छाको शेर्पा गाडी उत्पादन र प्रयोगको थालनी ।
२) कृषि उत्पादनको लागि समयमानै मल,विउ ,सिंन्चाईको प्रवन्ध गर्ने र देश भित्रै रासायनिक
मल कारखाना खोल्ने वचनबद्धता तर….. ।
३) देशभित्रै जलश्रोत उत्पादन र सदुपयोग थाल्ने । जसको कार्यान्वयनका लागि उज्यालोका प्रतिक कुलमान
घिसिङलाई विद्युत प्राधिकरणमा ल्याई चौविसै घण्टा विजुली आउने कार्य गरियो भने उहाँकै पहलमा
आकाशमाथि गुजुमुटिल्टएर रहेका तारहरुलाई जमिनमुनिबाट लाने कामको थालनी भएको थियो ।
४) माओवादीको राज्यसत्ताको बेला पार्टीभित्र र सरकारमापनि समानुपातिक समावेसिय प्रतिनिधित्व गरिनुका साथै राज्यको सर्बोच्च पद राष्ट्रपति र उपराष्ट्रमा उत्पिडित दलित र जनजाति महिलाबाट
उठाएर उदाहरण प्रस्तुत भएको थियो ।
५) प्रचण्डको प्रधानमन्त्रीत्व कार्यकालमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन हदसम्म नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने उच्चपदस्थ नेताहरु पुर्व उपप्रधान तथा गृहमन्त्रीलाई समेत जेल पठाउन सफल हुनुभयो ,त्यो कर्मलाई नेपाली ईतिहासमा स्वर्णाक्षरले लेखिने छ । त्यसै गरी ललिता निबासकाण्ड , पशुपति जलहरीकाण्डका भ्रष्टाचारीको फाईल खोलिनुलाई जनताले असल मानेका छन् ।
अब जनताले चाहेको जनसरकार
अबको हाम्रो लक्ष्य बरु देश सय वर्ष पछाडि फर्किए फर्कियोस अबको नेतृत्वले देश विकास स्वदेसी श्रम, शिप र प्रविधिको जगमा अगाडि बढ्नुको विकल्प छैन् । आज एउटा देशले दुःख दियो भनेर अर्को देशको भरमा जान्छौं भोलि त्यो देशलेपनि सधैं साथ दिईरहन्छ भन्ने त निश्चित छैन , आफ्नो स्वर्थ पुरा नभएपनि ।
बास्तवमा हामीलाई छिमेकी , बिदेशीले सहयोग दियो भन्दैमा जेपनि जस्तोपनि स्विकार्दै जानु हुदैन भन्ने विश्वास बढेको पाईन्छ देशमा । बिदेशीले निःशुल्क अस्पताल बनाईदिन्छ औषधि बनाउने शिप वा प्रविधि दिदैन । सडक बनाईदिन्छ , गाडि दिन्छ तर आत्मनिर्भर बन्ने प्रविधि दिदैन । बरु उल्टै अस्पतालमा औषधी ,सडकमा उनिहरुको प्रविधि, सामग्री अनिवार्य प्रयोग गर्न बाध्य पार्दछ । त्यसैले यसका लागि अबको राजनितिक नेतृत्वले आत्मनिर्भर हुने राष्ट्रिय र अन्र्तराष्ट्रिय निति अबलम्बन गर्नु पर्ने विज्ञहरुको सुझाब छ ।
१) स्पष्ट राष्ट्रिय निति ः
विशेषगरी पानी ,ईन्धन , खानी , वन , जडिबुटी र परराष्ट्र सम्वन्धि राष्ट्रिय निति स्पष्ट बन्नु पर्दछ । जल, जमिन ,जङगल जडिबुटि र जनशक्तिलाई कसरी राष्ट्रको हितमा सदुपयोग गर्ने स्पष्ट दिर्घकालिन खाका तयार गर्नु पर्दछ ।
२) देशभित्र उत्पादन नहुने ईन्धन प्रयोगमा कम गर्ने ः
३) ग्याँसको वैकल्पिक ईन्धनको प्रयोग ः
४. त्यसै राखेको जमिनलाई खेती गर्ने भू–उययोगी नीति लागु गर्ने ः
५. थोरै लगानीमा हुनसक्ने पर्यटन र हस्तकला उद्योगमा विशेष ध्यान ः
६) चाईनामा जस्तै भारत तर्फपनि सिमाना वन्दै गर्दा उचित ः
७ ) दिर्घकालिन राष्ट्रिय सोच अभाव ः
दिर्घकालीन राष्ट्रिय निति नहुँदा देश भित्र उत्पादित भन्दा आयातित सात गुणा बढदो छ । देश भित्र उत्पादन नहुने आयात झण्डै ७ खर्वको हुँदा नेपलबाट मात्र निर्यात ७८ अर्ब करिबको मात्र व्यापर हुनुले घाटाको भयाभहलाई छर्लङर्याईदिएको छ । एकातिर देशभित्र रोजगार नपाएर बर्षेनी लाखौं युवाहरु विदेश जानुपर्ने बाध्यता छ भने अर्को तर्फ विदेशबाट कमाएर पठाएको रेमिटेन्सको पैसा खर्चगरी बिदेशबाट उत्पादित अन्न लगायतका सामग्री किनेर देशबासीले खानु ,लाउनु पर्ने बाध्यता छ , बर्तमान सरकारले यसलाई कसरी ब्यवस्थापन गर्ने कार्य योजना ल्याउनु पर्ने जनआवाज पाईन्छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 बुद्धशरण शाही
बुद्धशरण शाही





