आज :

कुटेरै पढेका विद्यार्थी शिक्षक बन्योभने

  • अनलाइन डबली

पदम श्रेष्ठ-
कुटपिटगर्दै पढाउने शिक्षकका विद्यार्थी शिक्षक बन्यो भने उ पनि कुटेरै पढाउने संस्कारका शिक्षक बन्दछन् । त्यसैगरी गुलामीबाट ग्रसित छिमेकी राष्ट्रलेपनि जब जब नेपाललगायत छिमेकी मुलुकमाथि आपद विपद आईपर्छ तव तब अनेक तरहले भाँजो हाल्ने , सके क्वाप्लाक्कै निल्ने नसके आफ्नो बाहुपासमा अथ्याएरभएपनि राखिराख्ने गतिविधि गर्नाले प्रमाणित गर्दछ ।
केहि छिमेकी हण्डी संचारकर्मी र स्वदेशी दलाल नेताहरुपनि थान्छन् ,नेपालीले रगत पसिना एकगरी कमाएर किनेको ईन्धनपनि दयामा विदेशीले भिखमा दिएका हुन् । त्यो पनि भुकम्पले जर्जर अवस्थामा पुगेको नेपालमा नेपालीका महान पर्व दसैं तिहारको मुखैमा नाकाबन्दी गराएर होस वा छिमेकीले चाहेकै जस्तो संविधानजारी नगरेकै आधारमा नेपालीलाई सातजुनि शत्रुले जस्तो दुःख दिएका थिए । साढे आठ वर्षसम्म बन्न नसकेको गणतान्त्रिक संविधान जारी हुँदा आदिकालदेखि स्वतन्त्र सार्वभौम राष्ट्रले छिमेकीको आदेश अनुरुपको संसोधन जारी गरेन भनेर दलाल नेताहरुलाई सदन र सडकमा खटाएर सकेको जति दुःख दिने कार्य नेपालमा भएको मुटुमा किलाले घोपे जस्तो अनुभुति गरेको थिए नेपालीले । विडम्बना पुर्ण नाकाबन्दीले कुटपिट गरेरै पढाउने शिक्षकको चरित्रलाई उजागर त गरेको थियो नै , हुँदाहुँदा विश्वव्यापि कोरोनाको हाहाकारबाट जर्जरकै बेलामा लिम्पियाधुराबाट नेपाललाईनै बेवास्थागरी तिव्बतको मानसरोवर पुग्ने बाटो बनाउने कुकृत्य अर्को विडम्वना बन्यो छिमेकीको ।
तर नेपाली नेतृत्वले आफुलाई टोक्न आयो भन्दैमा त्यसैलाई टोक्न जानुभन्दा सुरक्षाका बैकल्पिक उपाय अवलम्वन गर्नु पथ्र्यो , जुन सोच नेतृत्वमा अझैपनि देखिएको छैन । ईन्धन, नुन र पदसंग पानी, घाँटी र ईज्जत साट्दै देशलाई वर्वाद बनाउन तल्लिन नेतृत्वकै कारण आज छिमेकीले हेप्न सकेको हो । उल्टै जनमानसमा हिनता छर्दै दुई ढुङगाको तरुल,दुई ठुला रुख विचको सानो विरुवाले कसरी उस्कन सक्ला र ? भन्दै हातोत्सहित बनाउने र महङगी एक पछि अर्को गर्दै थप्दै जाने कार्य गर्ने गरेको पाईन्छ दलाल नोकरशाह नेतृत्वले । तर हामी दुई ढुङगाविचको डाईमण्ड हिरा हौं भन्ने सत्यलाई चाहि छाँयामा पार्दै लगिनुको परिणाम पनि जनमानसमा दरिद्र मानसिकताले स्थान ओगट्न सकेको हो । अबको हाम्रो लक्ष्य बरु देश सय वर्ष पछाडि फर्किए फर्कियोस अबको नेतृत्वले देश विकास स्वदेसी श्रम, शिप र प्रविधिको जगमा अगाडि बढ्नुको विकल्प छैन् । आज एउटा देशले दुःख दियो भनेर अर्को देशको भरमा जान्छौं भोलि त्यो देशलेपनि सधैं साथ दिईरहन्छ भन्ने त निश्चित छैन , आफ्नो स्वर्थ पुरा नभएपनि ।
बास्तवमा हामीलाई छिमेकी , बिदेशीले सहयोग दियो भन्दैमा जेपनि जस्तोपनि स्विकार्दै जानु हुदैन भन्ने विश्वास बढेको पाईन्छ देशमा । बिदेशीले निःशुल्क अस्पताल बनाईदिन्छ औषधि बनाउने शिप वा प्रविधि दिदैन । सडक बनाईदिन्छ , गाडि दिन्छ तर आत्मनिर्भर बन्ने प्रविधि दिदैन । बरु उल्टै अस्पतालमा औषधी ,सडकमा उनिहरुको प्रविधि, सामग्री अनिवार्य प्रयोग गर्न बाध्य पार्दछ । त्यसैले यसका लागि अबको राजनितिक नेतृत्वले आत्मनिर्भर हुने राष्ट्रिय र अन्र्तराष्ट्रिय निति अबलम्बन गर्नु पर्ने विज्ञहरुको सुझाब छ ।
१) स्पष्ट राष्ट्रिय निति ः
विशेषगरी पानी ,ईन्धन , खानी , वन , जडिबुटी र परराष्ट्र सम्वन्धि राष्ट्रिय निति स्पष्ट बन्नु पर्दछ । जल, जमिन ,जङगल जडिबुटि र जनशक्तिलाई कसरी राष्ट्रको हितमा सदुपयोग गर्ने स्पष्ट दिर्घकालिन खाका तयार गर्नु पर्दछ । तर नेतृत्व वर्ग पद र पैसाको लागि जेपनि गर्न तम्सने कारण देश बर्बाद हुँदै गईरहेको छ । देश भित्र राष्ट्रिय पुँजीपतिको संरक्षण हुनुपर्यो भनि आवाज उठ्छ तर जनताको संसदका नेताहरुले विदेशी पुँजीको संरक्षण गर्ने सम्झौता पारित गर्छ । देशबासी भन्छ विदेशसंग जनताको संसदले जे निर्णय गर्छ त्यसको दस्तबेज जनतामा सार्वजनिक गरियोस तर राजनेताहरु सुटुक्कै अमेरिका , भारत , युरोपियन युनियनसंग एम.सिं.सि. एसपिपी जस्ता सम्झौता गर्छ ।
जब दाताले दलाल नेताहरुसंग हिसाब किताब माग गर्छ तब तब पार्टी भित्रका नेताहरु बिचमै पोलापोलागर्दै सात पुस्ते गालीगजौलमा उत्रने गरेको पाईन्छ । समाधानका उपाय र राष्ट्रिय स्पष्ट निति भने निक्र्यौल गर्दैनन् । यो हाम्रो देशको बर्तमान हो । वयँतयगु देशय् क्वँय जात्रा अर्थात बहुलाहाको देशमा हडडीको जात्रा कतिञ्जेलको नाटक आज जनजनमा प्रश्न बनेको छ ।
२) देशभित्र उत्पादन नहुने ईन्धन प्रयोगमा कम गर्ने ः
देश भित्र उत्पादन नहुने ईन्धन मात्र होईन, कुनैपनि खाने लाउने र प्रयोग गर्ने सामग्री सके सम्म कम प्रयोग गर्ने गराउने । यसका लागि बहुसंख्यक जनताको पहुँच पुग्ने ठुल ठुला सवारी साधन मात्र सार्वजनिक संवारीको साधनका रुपमा संचालन गर्ने गर्नु पर्दछ । बरु ससाना सवारी टेक्सी, निजि कार मोटरसाईकलको ठाउँमा टोलै पिच्छे न्युनतम शुल्कमा सार्वजनिक एम्वुलेन्स राख्ने, साईकल, व्याट्रीबाट चल्ने सवारी साधन, रिक्सा, ठाउँ अनुसार टाँगा,घोडा, खच्चड,
वैलगाडआदि प्रयोग गर्न सकिन्छ । खाने कुरामापनि जुम्ला ,मुस्ताङको स्याउ भनौं वा फर्पिङको नास्पाती, सिन्धुलीको जुनार भनौं वा लालवन्दीको गोलभेडासम्म देश भित्र उत्पादित अन्न फलफुल तरकारी भएसम्म बाहिरबाट आउने सामग्रीलाई रोक्ने निति अवलम्बन गर्दै लान जनआवाज व्यापक बन्दै जान थालेको छ ।
३) वैकल्पिक ईन्धनको प्रयोग ः
खाना पकाउन वा अन्य कार्यमा वैकल्पिक इन्धन सौर्य उर्जा÷वायु उर्जा कौसी वार्दली भएकाले सुधारिएको चुल्हो, भूसे चुल्हो, चार्कोलआदि इन्धन चलाउने प्रवद्र्धनका लागि वडा ,गाउँ वा नगरपालिकास्तरिय कार्य योजना ल्याउनुपर्ने जनआवाज पाईन्छ । स्थानिय सहभागितामा जत्ति सक्छ, छिटो स–साना विजुलीका स्रोत निकाल्दै जाने, यदि ठूल–ठुला हाइड्रो पावर निकाल्ने हो भने देशवासीलाई नै शेयर आब्हान गर्ने अन्यथा बढी फाइदा आफ्नो देशलाई जसले दिन्छ, उसैलाई निर्माणको जिम्मा लगाउने गर्नुपर्दछ विज्ञहरुको सुझाब छ ।
४.भू–उययोगी नीति लागु गर्ने ः
खाद्यमा आत्मनिर्भरताका लागि भू–उपयोग नीति अन्तर्गत जमिन खाली राख्न नपाईने नीति देशभर तत्काल थाल्ने । खेतीयोग्य जमिनमा घर बनाउन नपाइने नीति कार्यान्वयन गर्दै सरकारले कृषकलाई समयमा नै मल, विउ र ंिसचाईंको प्रवन्ध गरिदिने नीति ल्याउन सके खाद्य अभावबाट देशलाई बिदेशीको गुलाम बन्नुपर्ने स्थिती आउदैनथियो । कृषि प्रणालीमा पनि ट्याक्टर , आधुनिक कृषि औजारको प्रयोग गर्ने गराउने र जमिनलाई सदुपयोगबादको शिद्धान्त अनुसार खेर गईरहेको जमिनमा सरकार वा स्थानिय निकायबाटै कृषि मजदुर राखि खेती गराउने गर्न सके थुप्रै बेरोजगारहरुलाई रोजगार दिन सकिनुका साथै जमिन भएकालाई खेतिमा प्रोत्साहित गर्न सकिन्थ्यो । बाँझो जमिन खेती किसानी गरेर खान पाईने तर जसको जोत उसको पोत , किनबेच आदि गर्न नपाईने निति अवलम्बन गर्न पाए सुन माथि सुगन्ध हुने थियो भन्नेहरु छन् ,देशमा ।
५.पर्यटन र हस्तकला उद्योगमा विशेष ध्यान ः
थोरै लगानीमा कम जोखिमको उद्योग पर्यटननै हो भने पर्यटकका लागि मात्र होईन की भाषा,धर्म,संस्कृति अध्ययन गर्न हस्तकला उद्योगले ठुलो भुमिका खेल्दछ पर्यटन उद्योगमा । अझ धार्मिक तथा सास्कृतिक पर्यटकलाई व्यपकता दिन सके आर्थिक मात्र होईन कि भावनात्मक सम्वन्ध सुधारमा समेत योगदान पुर्याउन सहज हुने देखिन्छ । यसका लागि काठमाडौं उपत्यकाका सम्पदाहरु , भगवान बुद्धको जन्मस्थल लुम्विनी कपिलवस्तु ,जनक जानकीको आदर्शनगर जनकपुर,चितवन,वर्दिया,कोशी राष्ट्रिय निकुञ्ज, विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न चुम्न र दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटकहरु बढ्दो संख्यामा छन् । पर्यटकलाई स्वदेशी उत्पादित खाद्य परिकार खुवाउने अभियाननै चलाउनु पर्छ ।
जसरी सगरमाथा चढ्न सफल ,पुग्न मात्र सक्नेको पनि विश्वमा ठुलो ईज्जत गरिन्छ त्यसैगरी भगवान बुद्धको जन्मस्थल लुम्विनी ,कपिलबस्तु , राष्ट्रदेव पशुपति ,अदि बुद्धस्थल स्वयम्भु ,बौद्ध ,चागुलगायतका विश्व धर्म सम्पदाको दर्शन गरी फर्कने पर्यटकहरुलाई एउटा शान्तिदुत वा त्यस्तै कुनै एक विभुषणबाट सम्मान गर्ने कि भन्ने प्रस्तावहरुपनि छन् दुनियाँमा ।
६) सिमाना वन्दै गर्दा उचित ः
शुरुमा नेपाली वजारलाई परजिवीकरण गर्दै विना रोकतोक सामग्री उपलव्ध गराउने अनि जनमानस स्वादे जिव्रे अल्छि तिघ्रे हुदै जनथाले पछि एक्कासी सिमा नाका वन्द गरिदिने वा विविध समस्या तेस्र्याएर प्रताडित गर्ने कुसंस्कारनै बनाएका छन् विदेशीहरुले । खुल्ला सिमानाका कारण अवैध धन्दा चलाउनेहरुको पनि विगविगी बढदो छ ,त्यसैले खुल्ला सिमाना माथि प्रतिबन्ध लगाई देशलाई आवश्यक सामग्री मात्र आयात गर्ने अन्यथा स्वदेशी श्रम शिप र प्रविधि प्रयोग गरी देश भित्रै उत्पादनमा लाग्नुपर्ने आजको माग पनि हो । जव सम्म हामी यसले नगरे उसले गर्छ भन्ने परजिवीमुखी स्वभाव कायम राखीरहन्छौं तव सम्म हामीले रगत पसिना एक गरी कमाएको पैसा विदेशीले उत्पादन गरेका रिजेक्ट सामग्री पाउनमै व्यतित भैरहनु पर्ने निश्चित छ ।
७ ) दिर्घकालिन राष्ट्रिय सोच अभाव ः
दिर्घकालीन राष्ट्रिय निति नहुँदा देश भित्र उत्पादित भन्दा आयातित सात गुणा बढदो संख्याले अर्थतन्त्र भयावह वन्दै गईरहेको तथ्य सार्वजनिक भएको छ । देश भित्र उत्पादन नहुने आयात ६ खर्व ९४ अर्व २० करोड रुपियाँको हुने तथ्याङकमा छ , भने त्यसको तुलनामा निर्यात ७७ अर्ब ७४ करोड मात्र हुनुले देशको व्यापर घाटाको भयाभहको स्थितिलाई छर्लङर्याईदिएको छ । भन्सार विभागको तथ्यङक अनुसार खाद्य सामग्री मात्र वर्षको एक खर्व २७ अर्ब रुपियाँको आयात गर्छन् भने देशमा खपट हुने राँगाको मासु मात्र ११ अर्ब ४९ करोड ७५ लाख रुपियाँको आयात गरिन्छ । जव सम्म हामी परजिविमुखी स्वभाव कायम राखीरहन्छौं तव सम्म हामीले रगत पसिना एक गरी कमाएको पैसा विदेशीले उत्पादन गरेका रिजेक्ट सामग्री पाउनमै व्यतित भैरहनु पर्ने निश्चित छ ।
एकातिर देशभित्र रोजगार नपाएर बर्षेनी लाखौं युवाहरु विदेश जानुपर्ने बाध्यता छ भने अर्को तर्फ विदेशबाट कमाएर पठाएको रेमिटेन्सको पैसा खर्चगरी बिदेशबाट उत्पादित अन्न लगायतका सामग्री किनेर देशबासीले खानु ,लाउनु पर्ने बाध्यता छ ,बर्तमान सरकारले यसलाई कसरी ब्यवस्थापन गर्ने तत्काल कार्य योजना ल्याउनु पर्ने जनआवाज पाईन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal