
काठमाडौं । नेपाली काँग्रेसबाट सिफारिस भएका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ । काँग्रेसले मन्त्रीको नाम पठाएपछि प्रधानमन्त्री प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए ।
काँग्रेसबाट धनराज गुरुङलाई कानुन, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
काँग्रेसभित्र महामन्त्री गगन थापा नेता शशांक कोइरालाले तीन मन्त्रीको माग पूरा भएन । सभापति शेरबहादुर देउवा तीन जनमन्त्री दिन तयार नभएपछि सो समूहले गुरुङलाई स्वास्थय वा सामान्य प्रशासन दिनुपर्ने माग राखेकाे थियो ।
यी दुबै माग पूरा नहुने भएपछि थापा-कोइराला समूहले लामो समयको अडानपछि दुई जना मन्त्रीको नाम पठाएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण राखिएको छ ।