काठमाडौँ । नेपाल–पाकिस्तान मैत्री दिवसको अवसरमा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ र नेपालस्थित पाकिस्तानी दूतावासको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
काभ्रेको पाँचखाल नगरपालिकास्थित भविश्य उज्वल प्राथमिक विद्यालयमा १७औँ मित्रता दिवसको अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन काभ्रे पाँचखाल नगरपालिकाका प्रमुख सूर्यमायन दनुवारले गरेका थिए । शिविरले स्वास्थ्य सेवा नपुगेका ग्रामीण क्षेत्रमा राहत दिएको उनले बताए ।
उनले नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा पाकिस्तान सरकारले दिएको सहयोगको पनि प्रशंसा गरे । यसै अवसरमा दुतावासका कार्यवाहक (एआई) अमिर अलीले स्वास्थ्य शिविरले दुई देशका जनताबीचको सम्बन्धलाई चिरस्थायी बनाउने र शिविरको सफलताको शुभकामना व्यक्त गरे ।
ग्रामीण भेगका महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरु यस किसिमका शिविरबाट लाभान्वित भएका छन् ।