
काठमाडौँ । नेपाल भाषामा निर्माण भएको कमेडी म्युजिक भिडियो ‘ छग: निग: स्वग: ’ सार्वजनिक भएको छ ।
युट्युबमा भर्खरै सार्वजनिक भएको यस गीतमा सुरेन मान शाक्य , सुमन मान्धरको स्वरमा रचना सुरेन्द्र मानन्धर , रबिता बके र सुमन मानन्धरको रहेको छ ।संगीत सुरेन्द्र मानन्धर र अन्जन श्रेष्ठको रहेको छ । कमेडी शैलीमा शब्द रचना संग संगै म्युजिक भिडियोमा समेत निकै हसाउने गरि निर्माण गरिएको यस म्युजिक भिडियोको निर्देशन टेलिभिजनमा हास्य सिरियल ‘ समेबजी ’का निर्माता निर्देशक सुरेन्द्र मान्धर ( बाग दाइ ) को रहेको छ , भने छयांकन सोहन महर्जन र सम्पादन इन्द्र मान्धरको रहेको छ ।
कलाकारहरुमा सुरेन्द्र मानन्धर ,रबिता बके ,सुमन मान्धर , सुरेन मान शाक्यको जोडदार भूमिका रहेका छन् ।
भिडियोमा क्लिक गर्नु होला –