आज :

बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

  • अनलाइन डबली

धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बिशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ ।

नदी तटीय क्षेत्रसँग जोडिएको बस्ती सिमेन्ट र बालुवाको घोला जस्तो लेदोले बगाएको हो ।

सुकुम्बासी बस्ती पुरै बगाएको त्रिपुरासुन्दरी गाउँपालिका–२ कृष्ण बहादुर खत्रीले जानकारी दिए । सुकुम्बासी बस्ती र स्याउली बजार गरि करिब ६० घरमा क्षति पुगेको खत्रीले जानकारी दिए ।

बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल पनि बगाएको छ । पुलको गोरखातर्फ आधा भाग बगाएको छ भने धादिङतर्फको सडकमा बाढी उक्लिएको छ । तटीय क्षेत्रका घरहरुमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal