आज :

प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्यो

  • अनलाइन डबली

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजतपत्र प्राप्त प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजतपत्र प्राप्त सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी मंगलबारदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो ।

बैंकको प्रधान कार्यालय बबरमहल, काठमाडौंमा आयोजित एकीकृत कारोबार शुभारम्भ समारोहको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं प्रभु बैकका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनले अत्याधुनिक प्रविधिमार्पmत् समुदघाट्न गरेका थिए ।

एकीकृत कारोबार शुभारम्भ समारोहमा बैंकको तर्पmबाट सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । शुभारम्भ समारोहमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अनगिन्ती सम्भावनाहरुलाई सार्थकता प्रदान गर्दै अर्को एउटा सम्भावनाको सहयात्रीलाई आफुमा समाहित गरेको बताए ।

“आजदेखि हामी अझ बृहत र परिस्कृत स्वरुपमा यहाँहरुको उन्नती प्रगति, आरोह, आवरोह एवं सफलता र समृद्धिको साक्षी बन्ने प्रण गर्दछौं, उज्जवल भविष्यका लागि यहाँहरुको आर्शिबादको सदैब अपेक्षा सहित सरल सबल र प्रविधिमैत्री बैंक बन्नका लागि प्रयासरत रहने प्रतिबद्धता गदै सम्भवानाको यात्रामा आजपर्यन्त सबै शुभेच्छुकहरुबाट प्राप्त सद्भाव सहृदयता र सत्प्रेरणाका लागि अनुगृहित छौंँ” शेरचनले भने ।

एकीकृत कारोबार शुभारम्भ समारोहमा साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा नेपाल बैंकर एशोसियशनका का.वा. अध्यक्ष सुनिल के.सी.ले दुवै बैंकले साहसिक निर्णय गर्दै छोटो समयमा प्राप्ति सम्बन्धी सम्पूर्ण कामकारवाही सौहार्दपूर्ण तवरले सम्पन्न गर्न सफल भएकोमा हार्दिक बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे ।

एकीकृत कारोबार शुभारम्भ समारोहका प्रमुख अतिथि भट्टचनले देशको अर्थतन्त्र सहजीकरणतर्फ उन्मुख भइरहेको समयमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी शुभारम्भ गरेको एकीकृत कारोबारलाई राम्रो संकेतका रुपमा लिनु पर्ने बताए । दुईवटा बैंक एक हुनु भनेको पूँजी वृद्धि एवं बैंकको क्षमता वृद्धि भएको र जनविश्वास नै बैंक तथा वित्तीय संस्थाको सम्पत्ति भएको उनले भने ।

बैंक तथा वित्तीय संस्थाको मर्जर÷प्राप्तिको इतिहासमा प्रभु बैंकले राम्रो योगदान गर्न सकेकोमा खुशी व्यक्त गर्दै भट्टचनले बैंकले अगाडि सारेको मान्यता समृद्धिको नयाँ आयाम अझ सुदृढ, अभै सबल भन्ने लक्ष्यलाई व्यवहारमा प्रदर्शन गर्दै प्रभु बैंक हरेक तबरबाट सबल, सफल, सक्षम बैंक बन्न सकोस् भन्दै शुभकामना दिए ।

बैंकका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई सकारात्मक योगदान दिँदै आगामी दिनमा सबल, सफल र सक्षम बैंक बन्ने प्रतिबद्धता व्यक्त गर्दै सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्रप्तिका क्रममा बैंकलाई विभिन्न कोणबाट साथ, सहयोग र सद्भाव उपलब्ध गराउनुहुने सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् प्रभु बैंक लिमिटेडको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, कुल चुक्ता पूँजी रु. २३ अर्ब, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा २ खर्ब ५३ अर्ब शाखा कार्यालयहरुको संख्या ३६५, एटिएम संख्या ३०९, विस्तारित शाखा कार्यालय ७२ र शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ३० लाख पुगेको छ ।

साथै, प्राप्ती पश्चात प्रभु बैंकको नयाँ सञ्चालक समितिमा प्रभु बैंक लि. तर्पmबाट लिला प्रकाश सिटौला, रमेशसिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वर सापकोटा र साविक सेञ्चुरी कमर्सियल बैंक लि. का तर्पmबाट मनबहादुर राई, प्रा.डा. गीता प्रधान र अभिसेक बज्राचार्य रहेका छन् । बैंकको सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौला भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा श्री अशोक शेरचन नै रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal