काठमाडौं । प्रधानमन्त्री प्रचण्डले शपथ लिने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डसँगै सत्ता साझेदार अन्य दलले पनि कम्तीमा एकएक जना मन्त्री पठाउने भएका छन् । स्रोतका अनुसार एमालेले अर्थ दाबी गरिरहेको छ भने रवि लामिछानेले गृह दाबी ।
गठबन्धनको सबैभन्दा ठूलो दल एमाले भएकोले अर्थ दिन सकिने भएपनि रविको पार्टीलाई गृह दिन नसकिने नेताहरुले बताएका छन् । अर्थ र गृह रोजेर एमालेले लिने भएको छ । एमालेले अर्थ लियो भने माओवादीले गृह आफूसँगै राख्ने भएको छ ।
एक नेताका अनुसार प्रधानमन्त्रीले प्रशासन संचालनको लागि सजिलोको लागि भने गृहमन्त्रालय आफूसँगै राख्ने भएका छन् । यसैबीच सिके राउतको पार्टीले उद्योग तथा अपूर्ती मन्त्रालय पाएको छ ।
प्रधानमन्त्रीसँगै तीन जना दुई जना उपप्रधानमन्त्रीले शपथ लिने बताइएको छ । नेकपा माओवादी केन्दले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ भने एमालेले पनि एक जना उपप्रधानमन्त्री पठाउने बताइएको छ ।
त्यसैगरी रवि लामिछानेले पनि उपप्रधानमन्त्री दाबी गरिरहेका छन् ।


अनलाइन डबली





