आज :

रुसी सेनाले युक्रेनमा फेरि गर्यो भिषण हमला, अमेरिकाले दिएका पाँचवटा हतियार गोदाम ध्वस्त

  • अनलाइन डबली

काठमाडौं । रुसी सेनाले युक्रेनमा फेरि भिषण हमला गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार अमेरिकासहित पश्चिमा देशहरुले दिएका हतियार गोदामलाई हमलामा ध्वस्त भएका छन् ।  लक्षित गरेर  युक्रेनको विभिन्न स्थानमा रहेका पाँच वटा हतियार भण्डारण ध्वस्त पारेको दावी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा खेरसन, डोनेस्क र जपोरेजिया क्षेत्रमा रहेको हतियार भण्डार, कमाण्ड पोष्ट नष्ट पार्नुका साथै थुप्रै युक्रेनी सेनाको मृत्यु भएको छ । अमेरिकाले र नेटो देशले पछिल्लो पटक दिएका हतियार भण्डार गरिएका थिए । हतियार भण्डार गरेर पूर्वी क्षेत्रका केही क्षेत्रमा युक्रेनी फौजले रुसी सेनामाथि हमलाको तयारी गरिरहेको बताइएको छ ।

खेरसनमा नयाँ हमलाको तयारी गरिरहेको युक्रेनी फौज तर्फ ठूलो क्षति पुगेको रुसी सेनाले जनाएको छ । रुसी सेनाको हमलामा ११ वटा ड्रोन, अमेरीकी हाईमार्स क्षेप्यास्त्र खसाल्नुका साथै १४ वटा टैंक सहित अन्य सैन्य बाहनहरु नष्ट भएको बताइएको छ । योसँगै अगाडि बढेको युक्रेनी सेना पछि हट्न बाध्य भएको छ ।

यसैबीच, क्रेमलिनका प्रवक्ताले अमेरिका र नेटोले जति नै हतियार र सैन्य मद्धत गरेपनि युक्रेनमा रुसको अभियान जारी रहने र आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने बताएका छन् । उनले रुससँग गाभिएका क्षेत्रमा युक्रेनी सेनाको उपस्थिति मान्य नहुने समेत बताएका छन् । रुस आफ्नो मिसन पूरा गर्न जस्तोसुकै कारवाहीको लागि तयार रहेको रुसी सैन्य अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal