आज :

कुमारी रथारोहन बारे यस्तो छ आख्यान

  • बुद्धशरण शाही

स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।
यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ-आफ्ना राज्य( काठमाडौँ ,ललितपुर ) मा तलेजु भवानीको स्थापना गर्नथालिएको थियो ।

                                                     हरि प्रशाद शर्मा –

लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् ।   एकदिन पासा खेल्दै राज्य संचालन बारे बार्ता लापका क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने र उनै संग सरसल्लाह गर्नु भनि  बाचा पछि अन्तरध्यान भएको मानिन्छ ।  त्यो बेला देखि जीवित देवी कुमारीसंग राज्य प्रमुखले इन्द्र जात्राका बेला टिका लागुन् जाने परम्परा चलेको र यदि राज्य प्रमुखले कुमारी घर बसन्तपुर नपुगी अपमान गरे आजि स्थिर नरहने विश्वास गरिन्छ । अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाइ देवी  कुमारीले अब तिम्रो राज्य शक्ति गर्ने सकियो,राज्य सत्ता बचाई राख्न कुमारी रथारोहन गराउनु भन्ने उपदेश दिए मुताविक ने स ८७६ देखि रथा रोहण प्रारम्भ गरिएको मानिनिछ ।

ने .स ८८८मा गोरखाका राजा पृथ्वी नारायण शाहले यसै दिन नेपाल मण्डल आफ्नो अधिनमा लिएका थिए , तर पृथ्वी नारायण शाहले नेवार अस्थित्व्लाई आत्मसात् गर्दै जात्रा पर्वलागि दक्षिणी र आफु सयम सहभागी हुने गरि परम्परालाई निरन्तरता दिएका थिए  । राजा जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर स्थापना गराएको मानिन्छ ।

 

नेपाल मण्डल सम्पदा बात

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal