आज :

आईसीसी लिग–२ः आज नेपाल र अमेरिका भिड्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

जारी शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो ।

लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ । नेपालले शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal