आज : २०८२ बैशाख, २८

के हो राष्ट्र बैंकले कार्यान्वयन गर्न लागेको ‘ग्रीन ट्याक्सोनोमी’ ?

  • अनलाइन डबली
  • २०७९ श्रावण ०६ गते   ०७:१३ बजे

काठमाडौँ । दिगो विकास र वातावरणमैत्री लगानीका क्षेत्रहरु पहिचान गर्न नेपाल राष्ट्र बैंकले ‘ग्रीन ट्याक्सोनोमी’को अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा ‘ग्रीन फाइनान्सिङलाई प्रोत्साहन गर्न हरित बन्ड निस्कासन गर्ने, जलवायु जोखिम रिपोर्टिङ गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने लगायतका विषयलाई समावेश गरी ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा गरिनेछ,’ भनी उल्लेख छ ।

ग्रीन ट्याक्सोनोमी दिगो विकाससँग सम्बन्धित क्रियाकलाप र हरित वित्त (ग्रीन फाइनान्स) को विकासका लागि कार्यान्वयनमा ल्याइने अवधारणा हो । यस्तो व्यवस्था वित्तीय नियामकहरुले कार्यान्वयनमा ल्याउँछन् ।

जसमा वातावरण संरक्षणका हिसाबले कस्तो लगानी उपयुक्त छ वा छैन भनेर हेर्ने गरिन्छ । त्यस्तै कुन गतिविधि र सम्पत्तिलाई ‘हरित वित्त’ भनेर परिभाषित गर्ने भन्ने स्पष्टता खोज्न पनि राष्ट्र बैंकले त्यस्तो मस्यौदा बनाउन लागेको हो ।

ग्रीन ट्याक्सोनोमीको अवधारणा कार्यान्वयनमा ल्याउँदा एकातिर वातावरणीय रुपमा दिगो गतिविधि सञ्चालन हुने र अर्कोतर्फ लगानीका क्षेत्रहरु पहिचान गर्न सहयोग गर्ने ठानिएको छ ।

त्यसैगरी, बैंक वित्तीय संस्थाहरुलाई हरित बैंकिङ उत्पादनका लागि ऋण, क्रेडिट, ग्यारेन्टीजस्ता क्षेत्रमा स्पष्टता खोज्न पनि यसले मद्दत पुर्‍याउनेछ ।

पछिल्लो समय उदीयमान अर्थतन्त्रहरुको विविध आवश्यकता र सन्दर्भलाई ध्यानमा राख्दै यो अवधारणामार्फत् सम्बन्धित देशको दिगो विकासम्बन्धी प्राथमिकता र एजेन्डासँग सान्दर्भिक वातावरणीय उद्देश्यहरुलाई समेत विशेष महत्त्व दिन थालिएको छ ।

यसले लगानीकर्तालाई प्रभावकारी लगानीका लागि दिगो विकासका मापदण्डसमेत पूरा गर्ने अवसर पहिचान गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal