आज :

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना, कुल संक्रमित २४२ पुगे

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । शनिबार साँझ सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित हुनेको संख्या २४२ पुगेको छ । नयाँ संक्रमितमा डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक महिलासहित २३ जना, कञ्चनपुरको लालझाडीमा दुई महिलासहित १४ जना, कैलालीको चुरे गाउँपालिकामा ५ जना, कञ्चनपुरको महाकाली नगरपालिकामा ३ पुरुष र पुनर्वास नगरपालिकामा २ पुरुषमा कोरोना संक्रमण भएको छ ।

त्यसैगरी बझाङको बित्थड चीर गाउँपालिकामा एक महिलासहित २ जना, केदारश्यूं गाउँपालिकामा २ पुरुष, डडेल्धुारको अमरगढी नगरपालिकामा १ महिला, डोटीको जोरायल गाउँपालिकामा एक महिलासहित २ जना र सायल गाउँपालिकामा १ जना, धनगढी उपमहानगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका एक महिला सहित २ जना, लम्कीचुहा नगरपालिकाका एक पुरुष, टिकापुर नगरपालिकाका एक पुरुष, कञ्चनपुरको बेदकोपका एक महिला र कञ्चनपुरका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा जाँच भएका दुई सय ७६ स्वावमध्ये ६४ जनामा कोरोना संक्रमण भेटिएको अस्पतालले जनाएको छ । शनिबार दिउँसो मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर थप २७३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रौतहटमा ९२ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जना,पर्सा र बर्दियामा ६–६ जना, झापा र रुपन्देहीमा ५–५ जना, मोरङ र पर्वतमा ४–४ जना, दाङ र गुल्मीमा २–२ जना, महोत्तरी, बारा, नवलपरासी १–१ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिका ६४ सहित देशभर संक्रमितको संख्या ५ हजार ३ सय ९९ जना पुगेको छ । त्यसैगरी शनिबार राति गुल्मीको धुर्कोट गाउँपालिकामा एकजना गरी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal