सुर्खेत । कर्णाली प्रदेशको कोरोना भाइरस संक्रमणको केन्द्र दैलेख बन्ने देखिएको छ । विहीबार मात्र ११३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञापन प्रतिस्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा १ सय १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रतिस्ठानको प्रयोगशालाको प्रमुख विवेक पुनमगरले दिएको जानकारीअनुसार १०६ जनामा कोरोना संक्रमण भएको छ ।
त्यसैगरी केन्द्रको प्रयोगशालामा ७ जनाको पोजेटिभ रिपोर्ट आएको छ । सबैभन्दा धेरै नारायण नगरपालिकाका रहेका छन् । पाँच महिलासहित ७२ जनामा कोरोना देखिएको छ भने देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको छ ।