आज :

लकडाउनको सातौं दिनः विहानै ७५० जनालाई दुई घण्टासम्म प्रहरीको प्रशिक्षण, ७९ वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । आज चैत्र १७ गते । कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि लकगाउन घोषणा गरेको सातौं दिन पुग्यो । आजसम्म आइपुग्दा मानिसहरु विना काम सडकमा बढी निस्कन थालेका छन् ।

आज विहानै बिना काम सडकमा निस्केका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीसहित देशका विभिन्न स्थानहरुमा मानिसहरु पहिले दिनको तुलनामा आज मानिसहरु बढी घर बाहिर निस्केका छन् ।

प्रहरीले विहानै ७ सय ५० जनालाई नियन्त्रणमा लिएको छ । सुरुका दिनमा केही सजाय दिएपछि चौतर्फी विरोध भएपछि प्रहरीले कोरोनाबारे प्रशिक्षण दिएर फिर्ता पठाएको छ । उनीहरुलाई कम्तिमा पनि दुई घण्टा सडकमै उभ्याइएको थियो ।

त्यसैगरी प्रहरीले ७९ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । त्यसैगरी ५ वटा चारपांग्रे सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सबैभन्दा लकडाउनलाई उलंघन गर्ने काठमाडौंमा भेटिएका छन् । प्रहरीले पाँच सय ६० पुरुष र ९४ महिला गरी छ सय ५४ जना, ललितपुरबाट ५९ पुरुष र नौ महिला गरी ६८ जना र भक्तपुरबाट १८ जनालाई नियन्त्रणमा लिएर कोरोनाबारे प्रशिक्षण दिइएको छ । त्यसैगरी अन्य ठाउँबाटल पनि केही व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal