काठमाडौं । बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्या योजनाकार शोभाकान्त ढकालको घर नेकपाले सेवोटेज गरेको बताएको छ ।
ललित नीवासको ११५ रोपनी सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले घर सेवोटेज गरेको नेकपाले जनाएको छ । बुधबार साँझ ढकालको घरमा बम विस्फोट समेत भएको छ ।
नागार्जुस्थित ढकालको नीवासमा बुधबार साँझ विस्फोट भएको हो । विस्फोटको जिम्मा नलिएर पनि घर सेवोटेज गरेको भन्दै नेकपा कार्यकर्ताले घर आसपासमा एउटा पर्चा छरेका छन् ।
उक्त पर्चामा बालुवाटारको सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले, पूर्वसचिव शारदा त्रित्रालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भूमाफिया किटान गरेकोले, जनयुद्धकालमा सुकुम्बासी/भूमीहिनहरुको जग्गा आफ्ना नाममा हड्प्ने प्रपञ्च गरेकाले, विगतमा एमाले र हल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एर्व कर्मचारीहरुसँगको मिलेमतोमा माफियागिरी एवं लुटखोर गरेकोले र कुख्यात भूमाफिया एवं राष्ट्रिय सम्पतीको लुटखोर गर्ने योजनाकार भएकाले पुष्टि हुँदापनि कथित कम्युनिस्ट नामधारी वर्तमान केपी सरकाले कुनैपनि कारवाही नगरकेोमा जनस्तरबाट व्यापक रुपमा कारवाहीको माग एवं उजुरी आएकोले ।
प्रहरीका अनुसकार बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । तर मानवीय भने भएको छैन ।
प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।
ढकालको घर आसपासमा यस्तो पर्चा छरिएको छ ।