काठमाडौँ । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको लागि नागरिक अभियान गठन भएको छ । काठमाणौंमा सोमबार भएको बुद्धिजिवी, पत्रकार, लेखक, साहित्यकार, संस्कृतिकर्मीहरुको भेलाले सत्तारुढ (नेकपा)का केन्द्रीय सदस्य नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ को संयोजकत्वमा १७ सदस्यीय ‘एमसीसी खारेज अभियान २०७६’ को घोषणा गरिएको हो।
एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताको विरुद्धमा भएको भन्दै खारेजीको लागि दवाव दिन राजनीतिकर्मी, कलाकर्मी, स्वतन्त्र नागरिकसहितक अभियान गठन भएको हो । एमसीसी पूर्वाधार विकाससँग सम्बन्धितजस्तो देखिएपनि नेपाल र चीनविरुद्ध लक्षित रहेको निष्कर्ष अभियनको छ । तत्कालिन देउवा सरकारले सम्झौता गरेको एमसीसी वर्तमान सरकारले खारेज गर्नुको साटो संसदमा पेस गरेर देशद्रोही कार्य गरेको अभियानको निष्कर्ष छ ।
सरकारले एमसीसी अनुमोदनको लागि २०७५ माघ २५ गते अनुमोदनको लागि संसदमा पेश गरेको थियो । एमसीसी नेपाल र नेपालीको हितविरुद्धमा भएको बताउँदै अभियानले खारेजीको लागि दवाव दिन सबैलाई अपील समेत गरेको छ ।
उक्त सम्झौता संसदबाट अनुमोदन गराउन नमानेकै कारण पूर्वसभामुख कृष्णबहादुर महरालाई हटाउन फसाइएको पूर्वमाओवादी नेताहरुले दाबी गर्दै आएका छन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          






