आज :

मृगौला पीडितको प्रधानमन्त्रीलाई प्रश्नः तपाईँको उपचार राज्यले गर्छ, हाम्रो कसले गर्ने ?

काठमाडौं । मृगौला पीडितहरुले प्रधानमन्त्री बालुवाटारमा धर्ना दिएका छन् । उनीहरुले सरकारले उपचारमा सहयोग नगरेको भन्दै धर्ना दिएका हुन् ।

बुधबार विहान प्रधानमन्त्रीलाई कार्यालय अगाडि धर्ना दिँदै मृगौला पीडितहरुले आफूहरुले पाउँदै आएको सुविदा सरकारले कटौती गरेको भन्दै विरोध जनाएका थिए । मृगौला पीडित सरोकार समाजको अगुवाइमा भएको कार्यक्रममा उनीहरुले निःशूल्क उपचारको माग समेत गरेका थिए ।

धर्नामा बसेका पीडितहरुले ‘प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मृगौलापीडितको उपचार कसले गर्छ ? भन्दै नाराबाजी समेत गरेका थिए । सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal