आज :

ग्लोबल आईएमई बैंकका शाखा प्रमुखको कार दुर्घटना परि मृत्यु

बुटवल । कपिलवस्तुमा आज बिहान कार दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं.८ को बोडगाउँ नजिकै बा ८ च ६३९० नं.को कार दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं.९ हरनामपुरका अन्दाजी २९ वर्षिय सुरेश पाण्डेको मृत्यु भएको छ । उनी ग्लोबल आईएमई बैङ्क बनगाइका शाखा प्रमुख हुन् । उनले सो कार आफै चलाएका थिए ।

घाइतेहरु मध्ये २ जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको कार अनियन्त्रित भएर सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal