काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् । प्रचण्डले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी ओरिजिनल माले नभएजस्तै आफू पनि ओरिजिनल माओवादी नभएको बताए ।
पार्टीले मोरङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ”म ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।” उनले २०४६ सालमै तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको समेत दाबी गरे । उनले भण्डारीसँग एकीकरणकै एजेन्डा र छलफलको मिति र कार्यक्रम तय भएपनि एकता हुन नसकेको बताए ।
कार्यक्रममा प्रचण्डले पार्टी एकताको काम सोचेजस्तो अघि नबढेको समेत बताए । तीन महिनामा एकता टुंग्याउने घोषणा गरिएको तर १७ महिना बितिसक्दा पनि नटुंगिएकोमा प्रचण्डले दुःख व्यक्त समेत गरे ।
पहिलो संविधानमा तत्कालिन माओवादीले नपत्याउँदो किसिमले जितेपछि आफूहरुले धर्ती छोडेको समेत स्वीकार गरे । उनले अहंकार कसरी आउँदो रहेछ भन्ने अनुभव पनि भएको बताए ।
एक अर्को प्रसंगमा बोल्दै प्रचण्डले आफूलाई नेतृत्व स्वीकार गर्न पूर्वएमालेलाई आग्रह समेत गरे । उनले मदन भण्डारी झापा विद्रोबाट नआएपनि तत्कालिन माले सहज रुपमा महासचिवमा स्वीकार गरेको समेत स्मरण गरे ।