इलाम । जनयुद्धका घाइतेहरुको कथा समेटिएको फोटो तथा भिडियो प्रदर्शन गरिएको छ । संविधान दिवसको अबसरमा इलाम सदरमुकाममा फोटो र भिडियो प्रदर्शनी गरिएको हो ।
अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरु, १४ कथाहरु’ नामक फोटो र भिडियो प्रदर्शनी गरेको छ । प्रदर्शनीमा देशभर छरिएर रहेका अपांगता भएका द्वन्द्वपीडितलाई संगठित गरेर १४ कथाका आवाज, फोटो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
जनयुद्धको बेला युद्धरत दुवै पक्षबाट पाएको यातना, बिस्फोटन, गोली वा अन्य चोटका कारणले अपांगताका साथ बाँचेकाहरुको कथा फोटो र भिडियोमा समेटिएको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । जनयुद्धमा घाइते र अंगभंग भएकाहरुलाई राज्यबाट उचित सम्मान र सुरक्षाका लागि विशेष ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको संजालले बताएको छ ।
- फाइल फोटो