काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका रामेछाप जिल्ला इन्चार्जसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई सोमबार दिउँसो काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको हो ।
एनसेल टावरमा आगो लगाएक आरोपमा प्रहरीले इन्चार्ज यादव ढुंगेललाई गिरफ्तार गरेको काभ्रे प्रहरीले बताएको छ । काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेललाई काभ्रेको भुम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ।
यसअघि ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति नेकपाका दुई काभ्रे जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।
२०७६ बैसाख १ गते नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा विष्फोटक पदार्थ राखेर आंतक सृजना गरेको आरोपमा गिरफ्तार गरेको प्रहरीले बताएको छ । दुबैलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुशन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।