आज : २०८१ चैत्र, २६

आज नेकपाको बन्दः यस्तो छ काठमाडौंको अवस्था, १० फोटो

  • २०७५ फाल्गुन २९ गते   ०३:१९ बजे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण काठमाडौं उपत्यकामा पनि न्यून मात्रामा यातायातका सधान चलेका छन् भने राजधानीबाट बाहिर लामो दूरीका सवारी साधन पूर्णरुपमा ठप्प छन् । उद्योग, कलकारखाना, शैक्षिक संस्था पनि पूर्णरुपमा बन्द छन् ।

सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका हो । पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

विप्लवले चरणबद्ध संघर्षका कार्यक्रमसहित नेपाल बन्दको आह्वान गरेका थिए । जसअनुसार नेपाल बन्द सफल पार्न फागुन २५-२६ प्रचारप्रसार, फागुन २७ कोणसभा, फगुन २८ फागुन २९ मशालजुलुससहित भोलिको लागि नेपाल बन्दको आह्वान गरिएको थियो ।

बन्दका कारण काठमाडौँसँगै झापाको सदरमुकाम बिर्तामोड, विराटनगर, धरान, धनकुटा, उदयपुर, सुनसरीको इटहरी, मकवानपुर, काभ्रे, सिन्धुली, रामेछाप, चितवन, कास्की, गोरखा तनहु, धादिङमा नेकपाका कार्यकर्ताले सडकमा फाट्टफुट्ट देखिएका छन् ।

विहान ८ बजेसम्म काठमाडौमा सार्वजनिक तथा निजि सवारी साधान फाट्टफुट्ट मात्रै देखिएका छन् । सडकमा सुरक्षाकर्मी, दूध, तरकारी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स लचेका छन् ।

पत्रकार धनन्जय बुढा विहान ८ बजे काठमाडौंका निकै सावरी चाप हुने स्थानमा पुगेर फोटो कैद गरेका छन् ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal